नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई जनयुद्ध दिवस मान्य नरहेको बताएका छन् ।<a
नेकपाले देशव्यापी रूपमा जनयुद्ध दिवस मनाइरहँदा वरिष्ठ नेता नेपालले पार्टीलाई जनयुद्ध दिवस मान्य नभएको बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलन र जनयुद्धका सहिदहरूलाई श्रद्धाञ्जली दिएकै दिन जनकपुर पुगेका नेता नेपालले त्यो प्रचण्डको निजी निर्णय भएको बताए ।
‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन् । पार्टीले निर्णय पनि गरेको छैन्, त्यसैले हामी मान्दैनौं,’ उनले भने ।
उनले पार्टीको परिपाटी अध्यक्षले नै बुझ्न नसक्नु दुःखद रहेको बताए । नेता नेपालले कुनै नेताको एकल निर्णयले मनाइएको जनयुद्ध दिवस पार्टीलाई मान्य हुनै नसक्ने बताए । उनले जनयुद्धको मात्र नभई सबै आन्दोलनका शहीदहरूको सम्मान गर्नुपर्ने धारणा राखे ।
तत्कालिन माओवादीले २०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरुवात गरेको सम्झनामा हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।