उपेन्द्र यादवद्धारा प्रधानमन्त्रीको राष्ट्रवासीको नामको सम्बोधन बहिष्कार

उपेन्द्र यादवद्धारा प्रधानमन्त्रीको राष्ट्रवासीको नामको सम्बोधन बहिष्कार
राजनीति

धानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेको अवसरमा आज देशवासीको नाममा सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा सरकारका प्रायः सबै मन्त्रीहरु उपस्थित् थिए । तर, संघीय समाजवादी फोरम नेपालबाट सहभागी मन्त्रीहरु उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई भने सहभागी भएनन् ।

फोरमबाटै सरकारमा सहभागी स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव भने सहभागी थिए । उपप्रधानमन्त्री यादव सम्बोधन कार्यक्रममा सहभागी नहुनुको मुख्य कारण प्रधानमन्त्री ओलीसँग फोरमको असन्तुष्टि रहेको बुझिएको छ ।

सरकार गठन भएको एक वर्ष भएपनि अहिलेसम्म प्रधानमन्त्री ओलीले संविधान संशोधन प्रक्रिया अघि नबढाएकोमा फोरम रुष्ट छ । त्यही भएर होला, यादव आज प्रधानमन्त्रीले राष्टवासीको नाममा गरेको सम्बोधनमा जानीजानी उपस्थित् नभएका हुन् । मन्त्री यादव भने आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाको संयुक्त पहलमा सप्तरीको राजविराजमा निःशुल्क स्वास्थ्य शिविरको उद्धघाट्न गर्न पुगेका थिए ।

यता, प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने विश्वास दिलाएका छन् । बिहीबार सिंहदरबारस्थित् ग्यालरी हलमा राष्ट्रवासीलाई सम्बोधन गर्दै उनले भने, “सरकार निष्ठापूर्वक काम गर्दैछ । यो वर्ष हामीले आधार खडा गरेका छौँ । आउँदा वर्ष उपलब्धिका वर्ष हुनेछन् ।”

‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा साकार पार्न सरकार केन्द्रित भएको बताउँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणको तुफानी अभियानमा इमान र निष्ठाको सहाराले अवरोध भत्काउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

आफूले कार्यभार सम्हालेको पहिलो वर्षलाई संरचनागत व्यवस्थापनको वर्षको रुपमा उल्लेख गर्दै उनले भने,“यो वर्षलाई मैले आगामी पाँच वर्षको मात्रै नभई भविष्यको पनि आधार वर्ष भनेको हुँ । आज गरिने काम भविष्यका लागि आधार हो ।” कानून निर्माण यस वर्षको अर्को आधार भएको उल्लेख गर्दै उनले छिमेक तथा परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको बताए ।

Post Comment