रविन्द्र अधिकारीको शवयात्रा पोखरामा महासागर उर्लियो (हेर्नुस् भिडियो)

रविन्द्र अधिकारीको शवयात्रा पोखरामा महासागर उर्लियो  (हेर्नुस् भिडियो)
राजनीति

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज अधिकारीले दागवत्ति दिए । अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो ।

नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा सयौं सर्वसाधारण सहभागी भएका थिए । अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ । काजकिरिया उनको पोखरा मालेपाटनस्थित घरमा हुनेछ ।

Post Comment