कैलालीको टिकापुरमा भएको हत्याकाण्डका मुख्य अभियुक्त भनिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद रेशम चौधरीसहित १० जनालाई सर्वस्वसहित जन्मकैद भएको छ ।
बुधबार जिल्ला अदालत कैलालीले उक्त मुद्दामा फैसला सुनाएको हो । अदालतले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३) अनुसार जन्मकैदको फैसला सुनाइएको हो ।
सोही मुद्दाका दोषी भनिएका लक्ष्मणलाल थारुले भने सफाई पाएका छन् । दोषी ११ जना नै भए पनि एक जना नाबालक रहेकाले उनलाई सजाय तोकिएको छैन ।
मधेस आन्दोलनका क्रममा कैलालीको टिकापुरमा ९ जना प्रहरीको हत्या भएको थियो भने सर्वसाधारणको पनि मृत्यु भएको थियो