स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो । राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो । सर्वोच्चले उनलाई साधारण तारेखमा रिहा गरेरर अनुसन्धान गर्न भनेको छ ।