बाबुरामको प्रतिक्रियाः अब डबल नेकपा सकियो, ‘इतिहास दोहोरिन सक्ने’ चेतावनी

बाबुरामको प्रतिक्रियाः अब डबल नेकपा सकियो, ‘इतिहास दोहोरिन सक्ने’ चेतावनी
राजनीति

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह ठहर गर्र्दै प्रतिबन्ध लगाएकामा आपत्ति जनाएका छन् ।

भट्टराईले उक्त प्रकरणले ‘इतिहास दोहोरिन सक्ने’ चेतावनीसमेत दिएका छन् । भट्टराईले आफूलाई कम्युनिष्ट दाबी गर्ने नेकपाको सरकारले कम्युनिष्ट नै दाबी गर्ने अर्को समूहलाई आपराधिक भन्दै औपचारिक रुपले प्रतिबन्ध लगाउनुका साथै उसका विरुद्ध राज्यको सुरक्षाशक्ति प्रयोग गर्ने घोषणाले विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराएको टिप्प्णी गरेका छन् । ‘मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए, ‘इतिहास दुर्इचोटि दोहोरिन्छ–पहिलो चोटि वियोगान्त रूपमा र दोश्रो चोटि मजाकका रूपमा’, भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ । एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ।

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यतिबेला सोसल डेमोक्रेटिक पार्टी अफ जर्मनी भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले कम्युनिष्ट पार्टी अफ जर्मनी भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको उल्लेख गर्दै भट्टराईले त्यसरी नै भारतको पश्चिम बंगालमा सन् १९६७–०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी सीपीएमको सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी सीपीआई एमएलमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको प्रसंगसँग यो प्रकरणलाई जोडेका छन् । भट्टराईले त्यसको परिणाम के भयो ? भन्ने प्रशन गर्दै अन्ततः ती दुवै धारको भिन्नभिन्न प्रकारले अवसान भएको बताएका छन् । भट्टराईले भनेका छन्, ‘के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो ?’a

Post Comment