विप्लव समूहको बन्दले जनजीवन प्रभावित

विप्लव समूहको बन्दले जनजीवन प्रभावित
राजनीति

विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दको राजधानीसहित देशभर सामान्य प्रभाव परेको छ ।

राजधानीमा अरुदिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ ।

विप्वलको बन्दलाई प्रभावहीन बनाउन राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो ।

पछिल्लो पटक सरकारले विप्लव समूहलाई प्रतिबन्धनै लगाएपछि सो पार्टीले पहिलो पटक नेपाल बन्दको आह्वान गरेको हो ।

Post Comment