विप्लवले मलाई मार्ने सूचीमा राखेको पाउँदा दया लाग्योः प्रचण्ड

विप्लवले मलाई मार्ने सूचीमा राखेको पाउँदा दया लाग्योः  प्रचण्ड
राजनीति

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गरेर कोही सफल हुन नसक्ने बताएका छन् ।

पेरिसडाँडामा बिहीबार सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा उनले एक युगमा एउटा मात्र प्रचण्ड हुन सक्ने बताए । ‘प्रचण्ड त्यसै बनेको हैन,’ उनले विप्लव तर्फ लक्षित गर्दै भने, ‘जनताको काम गर्दै बनेको हो ।’

विप्लव समुहले आफुलाई मार्ने सूचीको पहिलो नम्वरमा राखेको भन्दै उनीहरुप्रति दया लागेको उनले बताए ।

प्रचण्डले भनेका छन्, ‘मलाई आज विहान पनि सरकारको तर्फबाट जानकारी गराइयो, प्रचण्डलाई एक नम्बरमा मार्नुपर्छ भनेर उहाँहरुले माइन्यूट गर्नु भएको छ रे । टिम पनि खटाउनु भएको छ रे सुनाउनुभयो ।’

‘म मारेर यो परिर्वतन बच्ने हो त ? मलाई ती साथीहरुप्रति साँच्चै माया पनि लागेको छ, दया पनि लागेको छ’ उनले अघि भने ।

सरकार कानुन अनुसार अघि बढ्ने भन्दै उनले कानुन सबैले मान्नु पर्ने बताए । उनले देशका लागि योगदान गर्ने शहिद सदैब स्मरणीय रहेको र उनीहरुको सम्झनामा स्मारक बनाइने उल्लेख गरे । सहिद तथा वेपत्ताका परिवारलाई कार्यक्रममा प्रचण्डले सम्मान गरेका थिए ।

Post Comment