विप्लवको हतियार सरकारले खोस्ने चेतावनी

विप्लवको हतियार  सरकारले खोस्ने  चेतावनी
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हतियार नबुझाए सरकार स्वयं आफैंले खोस्ने चेतावनी दिनुभएको छ ।

उहाँले हतियार बुझाउन दिइएको समयसीमा भित्र विप्लव समूहले हतियार नबुझाए सरकार आफैले खोजेर खोसेरै छाड्ने चेतावनी दिनुभएको हो ।

विखण्डनकारी मुद्धा बोकेको समूहलाई राजनीतक मूलधारमा ल्याइएको बताउनु भएका प्रधानमन्त्री ओलीले राष्ट्रको सम्प्रभूता र अस्मितामाथि आँच आउने कुनैपनि गतिविधि स्वीकार्य नहुने प्रष्ट पार्नु भयो ।

सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिका पुग्नु भएका प्रधानमन्त्री ओलीले १ सय ५२ विगाह क्षेत्रफलमा फैलिएको बर्जु ताल परिषरमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको समृद्धि र बिकासका लागि वर्तमान सरकारको विकल्प नभएको समेत बताउनु भयो ।

तालको अवलोकन समेत गर्नु भएका उहाँले इतिहास बोकेको बर्जु ताललाई प्रदेश एककै सुन्दर र पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

Post Comment