‘भीम रावलको पार्टीभित्र ठूलो हैसियत छैन,आफ्नो हैसियत आफैँ गिराए’ (भिडियो)

‘भीम रावलको पार्टीभित्र ठूलो हैसियत छैन,आफ्नो हैसियत आफैँ गिराए’ (भिडियो)
राजनीति
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नै दल नेकपाका नेता भीम रावललाई कडा चेतावनी दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्मा” ऋषि धमलासँग कुरा गर्दै मन्त्री रघुवीर महासेठले पछिल्लो समय नेता रावलले सरकारविरुद्ध बोल्दै हिँडेकोमा आपत्ती जनाएका हुन् । महासेठले रावलले सरकारको विरोध गरेर आफ्नो हैसियत आफैँ गिराएकोसमेत बताए । अहिलेको परिस्थीमा सरकारको विरोध गर्न आवश्यक नरहेको महासेठको ठहर छ ।

सरकारले राम्रो काम गर्दा पनि रावलले विरोध गरेकोमा महासेठले आपत्ती जनाएका हुन् । रावलको पार्टीभित्र ठूलो हैसियतसमेत नभएको महासेठले बताए । यसैगरी पार्टी र सरकारविरुद्ध बोल्दै गए पार्टीले काराबाही गर्ने चेतावनीसमेत महासेठले दिएका छन् ।

Post Comment