वैशाख ५ गते नेपाल बन्द गर्ने विप्लवको घोषणा

वैशाख ५ गते नेपाल बन्द गर्ने विप्लवको घोषणा
राजनीति

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारविरुद्ध संघर्षका कार्यक्रमको घोषणा गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दलगायत विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् ।

जसमा वैशाख ५ गते नेपाल बन्दको आह्वान गरिएको छ । वर्तमान सरकारको चर्को विरोध गर्दै विप्लवले विज्ञप्ति मार्फत विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालिकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्रघात, जनघात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ ।’

कार्यक्रम
१. चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
२. वैशाख २ गते — कोण सभा ।
३. वैशाख ३ गते — अन्तरक्रिया ।
४. वैशाख ४ गते — मशाल जुलुस ।
५. वैशाख ५ गते — नेपाल बन्द ।
६. वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिबन्धित गर्ने ।

Post Comment