राजेन्द्र महतोको आरोप: ओलीले आफ्नो दूत बनाएर सीके राउतलाई मधेस पठाए

राजेन्द्र महतोको आरोप: ओलीले आफ्नो दूत बनाएर सीके राउतलाई मधेस पठाए
राजनीति

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको दाबी गर्नु भएको छ ।

नेता महतोले सरकारले दुई तिहाई जनमतको दुरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पार्नुभयो ।

शुक्रबार काठमाण्डाैमा आयोजित ११ विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै उहाँले सरकारविरुद्धको आन्दोलनमा होमिन सबै विद्यार्थी संगठनहरुलाई पनि आह्वान गर्नुभयो । नेता महतोले आन्दोलन गर्दा रेशम चौधरीलाई सरकारले जन्मकैदको सजाय दिने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतलाई आफ्नो दूत बनाएर मधेसमा पठाएको आरोप पनि लगाउनुभयो ।

Post Comment