पुर्व उपप्रधामन्त्री एवं राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय पोशाक गुन्यु चोली, दौरा सुरुवाल कुनै जाती र धर्मका मानिसको नभएर आम नेपालीको पहिचान भएको बताएका छन्।
राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा गुन्यु चोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन्।
उनले भने, ‘राष्ट्रिय पोशाक कुनै जाती र धर्मका मानिसको मात्रै हो भन्ने भ्रम छरीएको छ, यस्ता भ्रम चिर्नु आवश्यक छ। नेपालका बहुसंख्यक जनताले स्वीकार गरेको र बर्षौदेखि चलिआएको पोशासक कसैलाई चित्त नबुझदैमा हटाउँने र कसैलाई मनलागे राख्ने भन्ने हुँदैन।’
त्यस्तै कार्यक्रममा बोल्दै अभियानकी संयोजक लक्ष्मी भद्रा ओझाले गुन्यूचोली नेपालको साँस्कृतिक पोशाक भएको दाबी गरिन्। उनले भनिन्, ‘नेपाली पोशाक हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ, यद्यपी पछिल्लो समयमा हाम्रा रितिरीवाज, संस्कार क्रमशः लोप हुँदै गएकोले राष्ट्रिय सचेतना अभियानको शुरु गर्नु पनेर् अवस्था आएको बताउनु भयाे ।
गुन्यूचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दोस्रो वार्षिकोत्सवमा अभियान्ता मोहना क्षेत्री, दीपा सापकोटा, शान्ती केसी, विजयता नेपाल, आशा दाहाल लगायत संचारकर्मीहरुलाई सम्मान प्रदान गरेको थियो।
उक्त सम्मेलनमा देशभरवाट करिव तीन सय भन्दा बढी सहभागि छन् भने हाल सम्म यो अभियानमा स्वस्फुर्तरुपमा सातहजार महिलाहरु अभियानवद्ध भईरहेको अभियानकी सदस्य दीपा सापकोटाले बताउनु भयो ।