ओलीलाई सफल बनाउँछु : झलनाथ खनाल

ओलीलाई सफल बनाउँछु :  झलनाथ खनाल
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउनको लागि लागिपरिरहेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय ओलीविरुद्ध मोर्चाबन्दी कसेका नेकपाका बरिष्ठ नेता माधव नेपाललाई साथ दिएको हल्ला आएपछि उनले यस्तो बताएका हुन् ।

खनालले प्रधानमन्त्री ओलीले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक पार्नुपर्ने बताएका छन् ।

हिजोमात्रै एक सार्वजनिक कार्यक्रममा नेता खनालले सरकारको बचाउ गरेका थिए । उनले कांग्रेसलगायत केही शक्तिहरु सरकारलाई असफल तुल्याउन लागिरहेको आरोप लगाएका थिए ।

त्यस्तै, उनले लाखौं संख्यामा युवाहरु विदेशिन बाध्य हुनुको प्रमुख कारण पनि कांग्रेस नै भएको तर्क गरेका थिए ।

Post Comment