नेकपाको एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भएपनि सहमति नजुटेको खबर राजधानी दैनिकमा छापिएको छ ।
नेपालले विधि, प्रक्रिया र मापदण्डका विषयमा नेतृत्व टुंगो लगाइनुपर्ने सुझाव दिएका छन् । तर, अध्यक्षद्वय ओली र प्रचण्ड बैशाख पहिलो सातासम्म सहमति गर्ने, नभए पेलेरै भएपनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् ।