विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले जनघात र राष्ट्रघातलाई बढाएर लगेको आरोप लगाएको छ।
बिहिबार पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो। विज्ञप्तिमा जनताको वास्तविक मुक्तिका लागि पार्टीले आन्दोलन गरेको समेत दाबी गरिएको छ।
हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका पार्टीका नेताहरु पक्राउको विरोधमा बिहिबारका लागि आयोजना गरिएको नेपाल बन्द पनि सफल भएको दाबी विज्ञप्तिमा गरिएको छ। सो पार्टीले बन्द सफल पार्न सहयोग गरेको भन्दै धन्यवाद समेत ज्ञापन गरेको छ।
विप्लव समूहले बन्द सफल भएको दाबी गरेपनि राजधानी लगायतका देशका मुख्य सहरमा भने बन्दको प्रभाव कम देखिएको छ।