प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध तत्काल नहटाइने प्रष्ट पार्नु भएको छ ।
नेकपा संसदीय दलको बैठकमा आफ्नो भनाइ राख्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षीसहितका दल र केही अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीले वार्ताबाटै समाधान खोज्न सुझाएपनि कसैलाई पनि जनताका नाममा बम पड्काउन र उदण्डता मच्चाउन छुट नदिइने दोहो¥याउनु भएको हो ।
सरकारले विप्लव समूहमाथि २८ फागुनमा प्रतिबन्ध लगाएको थियो । फागुन २८ गते प्रतिबन्ध लगाइएको चन्द समूह हतियार बुझाएर शान्तिपूर्ण राजनीतिमा नआए सरकारले उसलाई नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
भ्रष्टाचारविरुद्ध सरकार अझै कडा हुने दावी गर्नुभएका प्रधानमन्त्री ओलीले ‘वाईडवडी’ विमान खरिद र ललिता निवास जग्गा प्रकरणका दोषीलाई कारबाही गरिने बताउनुभयो । सरकार गठनको एक वर्षमा विकास र समृद्धिका लागि आधार तय भएको दोहो¥याउनु भएका ओलीले प्रधानमन्त्री संसदीय मर्यादा र अनुशासन ख्याल गर्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो ।
बजेटबारे छलफल गर्न नेकपाले २१ गते पनि संसदीय दलको बैठक बोलाएको छ ।