प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् ।
बालुवाटार जग्गा खरिद प्रकरणमा महासचिव पौडेललाई लाञ्छना लगाएर बदनाम गराउने काम भएको भन्दै आपत्ती जनाए ।
मंगलबार संसदीय दलको बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले राजाको शासनको बेलामा किनिएको जग्गाको विषयमा अहिले लाञ्छना लगाउनु उचित नभएको बताए । महासचिव पौडेल माथि लागेको लाञ्छना लगाएर सरकार र पार्टीमाथि आक्रमण गर्न खोजेको उद्घोष गरे ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको बताउँदै उनले हडपीएको सरकारी जग्गा फिर्ता ल्याउनेमा समेत दाबी गरे ।