प्रधानमन्त्रीले भने: ‘म राजेन्द्र महतोलाई सोध्न चाहन्छु सीमा नाका बन्द गरेर मुलुक बन्छ ?’

प्रधानमन्त्रीले भने: ‘म राजेन्द्र महतोलाई सोध्न चाहन्छु सीमा नाका बन्द गरेर मुलुक बन्छ ?’
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नाम नै लिएर सिमा नाका बन्द गरेर मुलुक बन्छ ? त भनेर प्रश्न सोधेका छन् ।

१३० औँ अन्तर्रा्ष्ट्रिय मजदुर दिवसका अवसरमा संयुक्त ट्रेड युनियनले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले,‘म राजेन्द्र महतोलाई सोध्न चाहन्छु– सीमा नाका बन्द गरेर मुलुक बन्छ ? इन्धन बन्द गरेर, नागरिकलाई दुःख दिएर मुलुक बन्छ ?’प्रश्न गरे । उनले मजदुरहरुको एकताबाट पाठ सिकेर सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको मजदुर आन्दोलनलाई सफलताको उचाईमा पु¥याइएको दावी पनि गरे ।

उनले वर्तमान संविधानले मजदुर वर्गीय चिन्तनलाई आधार मानेको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले बेराजगारलाई सय दिन तलब भत्ता दिने सरकारको निर्णय मजदूर वर्गका लागि अकल्पनीय उपलब्धी भएको पनि स्मरण गराए ।

Post Comment