ओली सरकारको बिरोध गर्नेहरु समर्थन गर्न आइपुग्छन : मुख्यमन्त्री पोखरेल

ओली सरकारको बिरोध गर्नेहरु समर्थन गर्न आइपुग्छन : मुख्यमन्त्री पोखरेल
राजनीति

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सरकारलाई असफल बनाउने प्रयास भइरहे पनि सरकारले आफ्नो काम पूरा गरेरै छाडने उदघोष गर्नुभएको छ ।

सरकारको गति देखेर विपक्षीहरु बदनाम गराउने खेलमा लागेको जनाउ दिँदै पोखरेलले सरकारले आफ्नो लक्ष्य पूरा गरेरै छाडने घोषणा गर्नुभयो ।

देश सुधारका प्रयासहरू सहन नसकेर केही शक्तिहरूले विभिन्न प्रोपोगाण्डा गरी सरकारलाई असफल बनाउन खोजिरहेका छन, तर, तिनीहरु असफल हुन्छन, देश बनेरै छाड्छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो । अहिले सरकारको विरोध गर्नेहरु एक वर्षपछि समर्थन गर्न पाइपुग्ने ठोकुवा पनि उहाँले गर्नुभयो ।

संघीय, प्रदेश र स्थानीय तहका धेरै नेकपाको सरकार रहेको भन्दै उहाँले तीनै तह मिलेर काम गर्ने र देशलाई समृद्ध बनाएर छाड्ने घोषणा गर्नुभयो ।

Post Comment