‘ओली-प्रचण्डमा विश्वास छ,अब राजनीतिमा आउँछु’: वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल

‘ओली-प्रचण्डमा विश्वास छ,अब राजनीतिमा आउँछु’: वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल
राजनीति

ख्याति प्राप्त वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले आफू अब राजनीतिमा आउने घोषणा गरेका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डित पोखरेलले यस्तो सनसनीपुर्ण खुलासा गरेका हुन् ।

उनले आजसम्म आफूले देश तथा विदेशमा गरी ६ सय वटा जति महायज्ञ सम्पन्न गरिकसकेको जानकारी दिए । उक्त महायज्ञको आयोजना गरेर आफूले धेरै कुरा पाएको पनि उनले सुनाए । पोखरेलले भने,”मैले सामाजिक वैभव पाएँ होला । यहाँजस्तो व्यक्तित्वसँग साक्षात्कार हुने अवसर पाएँ ।” त्यस्तै उनले आफूले समाजप्रति चिनिन पनि अवसर पाएको स्पष्ट पारे ।

आफ्ना स्वर्गीय बुवा वाचन शिरोमणि नारायण प्रसाद पोखरेलले अनुष्ठानको माध्यमबाट समृद्धिको लागि धेरै काम गरेको उनको दाबी छ । आफूले अहिले बुवाकै पथको अनुशरण गरेको उनको भनाई छ । आफूहरुबाट दान गराउनको लागि कुनै दबाब सिर्जना नहुनेतर्फ पनि उनले स्पष्ट पारे । जनमानसलाई प्रवचनको माध्यमबाट दान दिउँदिउँजस्तो बनाउन सकिएको भएपनि दान नै गर्नको लागि दबाब भने सिर्जना नगरेको उनको भनाई छ ।

आफू भौतिकवादी र अध्यात्मिक दुवै वादी विचार बोकेर हिँड्ने व्यक्तित्व भएकोले आम जनताले पनि आफूलाई सोहीअनुरुप बुझेको हुनुपर्ने उनले प्रष्ट्याए । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि महायज्ञहरु सहायकसिद्ध भएका पनि उनको दाबी छ । यद्धपी महायज्ञलाई द्रव्य वा व्यापारसँग जोड्ने कुरामा भने आफ्नो घोर विरोध रहने र विरोधी भएको पनि पोखरेलले सुनाए ।

आफूले अहिले बुवाकै पथको अनुशरण गरेको उनको भनाई छ । उनले भने,:ब्रम्हाणले दक्षिणा तोक्नुहुँदैन । मैले त यस्तो तोक्ने काम नै गर्दिन् । कसैले प्रेमले दिएको दक्षिणा लिने हो । यदि ब्रम्हाणहरुले तोकेर हिँड्ने काम गरेका छन् भने खबरदार गर्नुपर्छ ।”

Post Comment