पाँच वर्षसम्म ओलीको सरकार :प्रचण्ड

पाँच वर्षसम्म ओलीको सरकार :प्रचण्ड
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने घोषणा गर्नुभएको छ । अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व परिवर्तनको बिषयमा नेकपाले सोच्नै नसक्ने घोषणा गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारले प्रभावकारी रुपमा कार्य अगाडि वढाइरहेको हुनाले नेतृत्व परिवर्तनको अहिले आवश्यकता नरहेको स्पष्ट पार्नुभयो । उहाँले नेत्रबिक्रम चन्द (विप्लव) समूह शान्तिपूर्ण राजनीतिमको बाटोमा आउनुबाहेक अन्य कुनै विकल्प नहरको उल्लेख गर्दै हिंसाको राजनीतिबाट राजनीतिक उद्देश्य पूरा नहुने विचार व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले विकास निर्माण र जनताको समृद्धिका लागि सबै एकजुट भई नयाँ ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मिडिया काउन्सिल विधेयक आवश्यकताअनुसार सरकारले परिमार्जनसहित अगाडि बढाउने उल्लेख गर्दै यस विषयमा राष्ट्रियस्तर र संसद्भित्र छलफल चलिरहेकाले परिमार्जनसहित विधेयक आउने धारणा व्यक्त गर्नुभयो ।

Post Comment