विश्वप्रकाश भन्छन्:विप्लवले प्रचण्डलाई मार्ने सपना नदेखे हुन्छ

विश्वप्रकाश भन्छन्:विप्लवले प्रचण्डलाई मार्ने सपना नदेखे हुन्छ
राजनीति

नेपाली काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपालाई काटमारको विद्रोह छाडेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउन सुझाव दिएका छन् । साथै उनले प्रचण्डलाई मार्ने योजना नबनाउन पनि विप्लवलाई सचेत गराए ।


नेपाली काँग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियान अन्तर्गत सदरमुकाम तम्घासमा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले आयोजना गरेको विशाल आमसभामा नेता शर्माले विप्लवलाई यस्तो सुझाव दिए ।

‘विप्लवहरुले प्रचण्डलाई मार्ने लिस्टमा राखेको बताइन्छ’, उनले भने, ‘अहिलेको प्रचण्ड हिजोको प्रचण्ड होइन । हिजोको प्रचण्ड बुलेट्बाट शक्ति आउँछ भन्ने प्रचण्ड हुनुहुन्थ्यो, अहिलेको प्रचण्ड ब्यालेटबाट शक्ति आउँछ भन्ने हुनुहुन्छ । शान्ति प्रक्रियामा प्रचण्डलाई पनि बाँच्ने अधिकार छ । आखिर विप्लवहरुले प्रचण्डलाई मारेर कस्तो खालको राज्यसत्ता ल्याउन खोजेको हो ?’

उनले प्रधानमन्त्री केपी ओलीसहित सत्तारुढहरु र विप्लवहरु एउटै कम्युनिष्ट भएको बताउँदै प्रधानमन्त्री ओलीलाई विप्लव समूहको बलि नचढाउन समेत सुझाव दिए । ‘तपाईहरु पनि कम्युनिष्ट नै हो विप्लवहरु पनि कम्युनिष्ट नै हो । यसरी जात थर गोत्रा सबै एउटै भएका विप्लवहलाई बलि चढाउने र रगतको खोला बगाउने काम नगर्नुहोस् ।’

Post Comment