गुण्डा नाइके राधे इमान्दार मानिस हुन् :तरुण दल

गुण्डा नाइके राधे इमान्दार मानिस हुन् :तरुण दल
राजनीति

काँग्रेसनिकट नेपाल तरुण दलले आफ्ना धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) निर्दोष रहेको भन्दै निसर्त रिहाइको माग गरेको छ ।

तरुणदलले शनिबार काँग्रेस कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी राधेको जीवन रक्षाको मागसमेत गरेको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितजंग बस्नेतले सरकारले राधेको हत्या गर्ने षड्यन्त्र बनाएको आरोप लगाए । प्रहरीले हुँदै नभएको घटनामा संलग्न रहेको किर्ते आरोपमा राधेलाई पक्राउ गरेको दाबी पनि बस्नेतले गरे । उनले प्रहरीले यसरी नै इमान्दार मानिसलाई पक्राउ गर्दै गए प्रहरीविरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।

‘राधेको हत्या गर्ने योजना बनाएको भन्ने सुन्नमा आएको छ’, पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘हामी उहाँको जीवन रक्षाको माग गर्दछौं ।’

राधेलाई प्रहरीले बुधबार हतियारसहित मलेखुबाट पक्राउ गरेको थियो ।

राधे लामो समयदेखि गुण्डागर्दीमा संलग्न छन् । राधेले प्रहरी इन्काउण्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ लाई केही वर्षअघि नागढुंगामा गोली हानेका थिए ।
पछिल्लो समय राधे व्यवसायीलाई धम्क्याएर अवैध असुलीमा संलग्न हुँदै आएको आरोप प्रहरीको छ ।

Post Comment