कास्कीबाट विप्लव समूहका १८ नेता/कार्यकर्ता पक्राउ

कास्कीबाट विप्लव समूहका १८ नेता/कार्यकर्ता पक्राउ
राजनीति

कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता/कार्यकर्तालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिवार राति उनीहरूलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरूमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी संगठनका नेता/कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेसन चलाएको र उनीहरूलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

विप्लव समूहका नेता/कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरूलाई गिरफ्तार गरेको बताइएको छ । उनीहरूलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई पुर्‍याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment