‘नेपाली कांग्रेसले एकचोटी आफ्नो अनुहार हेर्नुपर्दछ’

‘नेपाली कांग्रेसले एकचोटी आफ्नो अनुहार हेर्नुपर्दछ’
राजनीति

नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले नेपाली जनतालाई गुमराह र भ्रममा राख्न कांग्रेसले प्रयास गरिरहेको बताउनु भएको छ । उहाले दुई वटा विषय बस्तु प्रस्तुत गर्दै सो कुरा उजागर गर्न खोज्नु भएको छ ।

होली वाइन र गुठीका विषयमा उहाले कांग्रेसले उठाएको भ्रमलाई यसरी भन्नुभयो, ‘गुमराहमा पार्न र भ्रम सिर्जना गर्न हावी काविल भएका छौं । होली वाइनका डा. मुनलाई पहिलो स्वागत कसले गर्यो सभामुख महोदय । होली वाइन हो भने होली वाइन पहिला कस्ले चाख्यो । यो पनि यहा प्रष्ट हुनुपर्छ सभामुख महोदय ।’

त्यसपछि उहाले गुठीका विषयमा छरिएको भ्रमलाई समेत यसरी प्रष्ट पार्न खोज्नु भयो, ‘नेपाली कांग्रेसको सरकारले गुठीलाई रैकरमा १६० रुपैयाँ लिएर जमिनदारका नाममा सयौं विघा उसका नाममा दर्ता गर्दा धर्म सस्कृति कहाँ हरायो सभामुख महोदय धर्म सस्कृति र कला साहित्यका लागि निरन्तर लडिरहेको नेपाल कम्युनिष्ट पार्टीका बारेमा बोल्नेहरुले एकचोटी आफ्नो अनुहार हेर्नुपर्दछ ।’

Post Comment