प्रधानमन्त्री ओलीलाई गम्भिर दुर्घट्ना भोग्न तयार हुन चेतावनी

प्रधानमन्त्री ओलीलाई गम्भिर दुर्घट्ना भोग्न तयार हुन चेतावनी
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् प्रभावशाली नेता जीवनराम श्रेष्ठले गुठी विद्येयकलाई लिएर आफ्नै पार्टीको सरकारको कडा आलोचना गरेका छन ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त विद्येयक फिर्ता नलिए गम्भिर दुर्घट्ना भोग्न तयार हुनपनि कडा चेतावनी दिएका छन्।

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । गुठी विद्येयकको विरुद्धमा प्रमुख विपक्षी दल आन्दोलित भएको अवस्थामा सत्तारुढ दलकै सांसदले पनि सरकारको कदम गलत भएको भन्दै तत्काल सच्याउनको लागि चेतावनी दिएका छन् ।

Post Comment