विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पुनः पक्राउ

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पुनः पक्राउ
राजनीति

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ जना कार्यकर्तालाई प्रहरीले असार ४ गते  उच्च अदालत पोखरा गेट नजिकबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा नेकपा कास्की जिल्ला सेक्रेटरी आक्रोश भनिने ४१ वर्षीय जङ्गबहादुर भण्डारी, नेकपा कास्की जिल्ला सदस्य परिर्वतन भनिने ३२ वर्षीय सन्तोष बिक, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य २६ वर्षीय काजी गुरुङ छन् ।

उनिहरुलाई राज द्रोहको मुद्धामा आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरिएको बैदाम प्रहरी कार्यलयका डिएसपी कोमल शाहले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यलय तनुहँबाट आवश्यक अनुसन्धान गर्नुपर्ने हुदाँ उपस्थित गराई पाउँ पनि पत्र आएकाले गिरफ्तार गरिएको हो’,उनले भने ।

गिरफ्तार गरिएका चारै जनालाई आजै जिल्ला प्रहरी कार्यलय तनहुँ लगिएको छ ।

गत जेठ २५ गते कास्की अन्नपूर्ण गाउँपालिका ११ उरीबाट गिरफ्तार गरि राज्य द्रोहको मुद्दा चलाइएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नौ जना कार्यकर्ताहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा फैसला गर्दै उच्च अदालत पोखराका मुख्य न्यायधिश यज्ञ प्रसाद बस्याल र डाल कुमार खड्काको इजलासले पछिल्लो पटक असार ३ गते रिहा हुन आदेश दिएको थियो ।

तर प्रहरी तनहुँबाट आवश्यक अनुसन्धानका लागी पत्र आएको भन्दै गिरफ्तारिको तयारी गरेपछि नौं जना उच्च अदालत पोखराको परिसरमै इन्सेक , पत्रकार र अधिवक्ताहरुको संरक्षणमा रात विताएका थिए ।

Post Comment