‘सरकारले तानाशाह प्रवृत्ति देखायो’

‘सरकारले तानाशाह प्रवृत्ति देखायो’
राजनीति

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले बहुमतको बलमा लोकतान्त्रिक तानाशाहको प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा आयोजित छलफलमा उनले एकपछि अर्को गरी विवादित विधेयकहरु ल्याइनु, प्रहरी ‘इन्काउन्टर’माथि प्रश्न उठ्नु, दन्डहीनता झन् बढ्नुले सरकार संविधानको मर्मअनुरुप नचलेको देखिने बताए ।

छलफलमा वरिष्ठ पत्रकार युवराज घिमिरेले देशमा सरकार परिवर्तन भएपनि मानवअधिकार रक्षाको सवाल जस्ताको त्यस्तै रहेको बताए ।

यस्तै, आयोगका पूर्वआयुक्त गोकुल पोखरेलले नेताहरुले जनतालाई सपना बाँड्ने तर त्यसअनुरुप कार्य नगर्ने गर्दा जनतामा निराशा बढेको र नेतृत्व आलोचनाका पात्र बन्ने गरेको धारणा राखे ।

Post Comment