गण्डकी प्रदेशको बजेट बहुमतले पारित

गण्डकी प्रदेशको बजेट बहुमतले पारित
राजनीति

असार १ मा सार्वजनिक भएको गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गरेको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोडको बजेट पेश गरेका थिए । बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संशोधन हालेको थियो ।

यस्तै अर्को प्रतिपक्षी दल समाजवादी पार्टीले पनि बजेट खेस्रा मात्रै भएको भन्दै बहिस्कार गरेको थियो । प्रतिपक्षीले बहिस्कार गरे पनि बहुमतले खारेज गरेको छ । बजेटमाथि मन्त्रालयगत छलफल सकिएपछि अर्थमन्त्री गुरुङले पेश गरेको विनियोजन विधयेक बहुमतले पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका हुन् ।

Post Comment