‘प्रधानमन्त्रीको दबाबमा होइन, सचिवहरुको भर पर्दा म डुबेँ’

‘प्रधानमन्त्रीको दबाबमा होइन, सचिवहरुको भर पर्दा म डुबेँ’
राजनीति

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले सरकारको तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हट्नुमा सचिवहरु जिम्मेवार रहेको बताएका छन् ।

सचिवहरुको भर पर्दा आफू डुबेको उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । ‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे’ उनले भने ‘प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबाबमा निर्णय फिर्ता लिएको होइन । सचिवहरुको भर पर्दा म डुबेँ ।’

निर्णय गर्ने बेलामा सचिवहरुले विषादी परीक्षणबारे नेपालको क्षमताबारे भन्दै नभनेको मन्त्री यादवले बताए । ‘अरु सचिवले थाहा पाएनन् तर प्रधानमन्त्री कार्यालयका सचिवले यो कुरा बुझ्नुपर्थ्यो’ उनले भने ।

Post Comment