भोजपुरमा गोली चल्यो, प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु

भोजपुरमा गोली चल्यो, प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु
राजनीति

भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ ।

यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । खोटाङ स्थायी घर भएका सञ्जीव राईको अज्ञात समूहले चलाएको गोली लागेर मृत्यु भएको हो । गोली चलाउनेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना प्रहरी घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आज विहान प्रहरीलाई लक्षित गरी भोजपुर बजारमा गोली प्रहार हुँदा दोहोरो झडप भएको थियो । झडपमा घाइते भएका तीन जना मध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको हो अर्का एक जनाको उपचार भइरहेको छ

Post Comment