‘मिडियामा विदेशी लगानी स्वीकार्य हुँदैन’ : सन्चारमन्त्री बाँस्कोटा

‘मिडियामा विदेशी लगानी स्वीकार्य हुँदैन’ : सन्चारमन्त्री बाँस्कोटा
राजनीति

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया लोकतन्त्र छाडेर ‘भाँडतन्त्र’तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

अहिलेकै कार्यशैलीले काम गरेर नहुने भन्दै मन्त्री बाँस्कोटाले सामाजिक उत्तरदायित्व पूरा गर्नेखालको कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।

सोमबार काठमाडौंमा आयोजित श्रमनीति पत्रकार ऐन र न्यूनतम् पारिश्रमिकमा पुनरावलोकन कार्यान्वयनको अवस्था र चुनौती विषयक अन्तरक्रियामा उनले मिडियाले स्वनियमन गरे मिडिया काउन्सिलको आवश्यकता नै नपर्ने बताए ।

मन्त्री बाँस्कोटाले नेपाल पत्रकार महासंघ अलमलिएको भन्दै पत्रकारहरुको न्यूनतम् मापदन्ड तोकिनुपर्नेमा जोड दिए ।

मिडियाले राजनीतितर्फमात्र औंला ठड्याउने गरेको तर आफ्नो कमी–कमजोरी भने बेवास्ता गर्दै आएको उनको भनाइ थियो ।

‘मिडियामा विदेशी लगानी स्वीकार्य हुँदैन’

मन्त्री बाँस्कोटाले नेपाली मिडियामा विदेशी लगानी कुनैपनि हालतमा स्वीकार्य नहुने स्पस्ट पारे ।

कार्यक्रममा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले नेपाली मिडिया व्यावसायीकरणको चरणमा रहेकाले सबैखाले मिडियालाई समान ऐन लागू नगर्न सुझाव दिए ।

उनले मिडियामा कामदार र पत्रकारको वर्गीकरण गर्नु आवश्यक रहेको भन्दै पत्रकारलाई सरकारले तोकेबमोजिमको पारिश्रमिक मिडियाले दिनुपर्ने बताए ।

 

Post Comment