साउनको दोस्रो हप्ताभित्र मन्त्रि हेरफेरको तयारी, यि हुन् फेरिन सक्ने मन्त्री

साउनको दोस्रो हप्ताभित्र मन्त्रि हेरफेरको तयारी, यि हुन् फेरिन सक्ने मन्त्री
राजनीति

नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि लगत्तै मा जिम्मेवारी हेरफेर र परिवर्तन हुने भएको हो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन्त्रिमण्डलमा परिवर्तन र हेरफेरमा समेत सहमति बनाएको बुझिएको छ । मन्त्रिमण्डलमा व्यापक परिवर्तन गर्ने सहमति भएपनि कस्लाई के जिम्मेवारी दिने टुंगो लगाइनसकिएको अध्यक्ष प्रचण्ड निकट स्रोतले रिपोर्टर्स नेपाललाई बतायो ।

ओली र प्रचण्डबीचको छलफलमा सरकारको कामकारबाही र मन्त्रिहरुको कार्यशैलीको समेत समिक्षा भएको छ । सरकारलाई प्रभावकारी बनाउन मन्त्रिहरुको परिवर्तन र जिम्मेवारी हेरफेर आवश्यक रहेको निष्कर्षमा ओली र प्रचण्ड दुवै पुगेका छन् ।

विश्वस्त स्रोतका अनुसार ओली सरकारमा जिम्मेवारीको व्यापक हेरफेर गर्न चाहन्छन् । उनले त्यसको संकेत पछिल्लो मन्त्रिपरिषद् बैठकबाट दिइसकेका छन् ।
यसपटक सरकारका अधिकांश मन्त्रिहरुको पद धरापमा परेको छ । तरकारीको विषादी परीक्षणको विषयले कृषिमन्त्री चक्रपाणि खनाल र आपूर्ति, वाणिज्य तथा उद्दोगमन्त्री मातृका यादवको कार्यशैलीमा प्रश्न उठाइएको छ । अबको परिवर्तनमा दुवै मन्त्री तारोमा पर्न सक्छन् ।

वनमन्त्री शक्ति बस्नेत अघिल्लो मन्त्रिपरिषद् बैठकमा सहभागी समेत भएनन् । उनको पद पनि धरापमा परेको छ ।

विश्वस्त स्रोतका अनुसार सञ्चारमन्त्री गोकुल बाँस्कोटा सरकारमै रहिरहने भाग्यमानी मन्त्रीमा पर्छन् । उनलाई अर्को मन्त्रालयको जिम्मेवारी दिनेबारे समेत ओलीले आन्तरिक छलफल चलाएका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउन प्रचण्ड पक्षका केही नेताहरु सक्रिय छन् । तर, थापालाई ओलीको साथ रहेकाले हटाउन मुश्किल पर्छ ।
ओली सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितप्रति पनि सकारात्मक छैनन् । पण्डितले बढी हल्ला मच्चाएको तर काम गर्न नसकेको आरोप भोग्दै आएका छन् ।

भूमिसम्बन्धि विधयेक ल्याउँदा विवादमा परकी भूमिसुधारमन्त्री पद्मा अर्यालको पद पनि धरापमा छ । भौतिकमन्त्री रघुवीर महासेठलाई पनि सजिलो छैन । अर्थमन्त्री डा.युवराज खतिवडा पनि हेरफेर वा परिवर्तनमा पर्न सक्छन् ।

ऊर्जा मन्त्री वर्षमान पुन अन्य मन्त्रालय पाउन इच्छुक छन् । उनलाई पनि सरकारमा जान नदिने चलखेल भइरहेको छ खानेपानीमन्त्री विना मगर पनि विवादमा मुछिइन् । उनको कार्यकालमा मेलम्ची खानेपानीको पुनः ठेक्का आव्हान गरिएको छ । विना मगरलाई प्रचण्ड स्वयंले काँध थाप्न कठिन छ ।

गाकर्ण बिष्टले पनि पदबाट हट्नुपर्ने हुनसक्छ । मलेशिया कामदार लान प्रगति गर्न नसकेपछि बिष्ट विवादमा पर्दै गएका छन् । खानेपानी मन्त्री विना मगर पनि सरकारबाट हटाइन सक्छिन् ।

प्रदीपकुमार सरकारमै रहने भाग्यमानीमा पर्दछन् । परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उनी ओलीका खास विश्वासपात्र हुन् ।

Post Comment