प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्ने मोहन बैद्यको खुलासा

प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्ने मोहन बैद्यको खुलासा
राजनीति

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा जनवादी कम्युनिष्ट शासन ल्याउने दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्युनिष्ट शासन स्थापन गरेरै छाड्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल सच्चा कम्युनिष्ट बन्न नसकेको पनि वैद्यले बताए ।

वैद्यले अहिले प्रतिबन्धमा परेको नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग तत्काल एकता नहुने पनि स्पष्ट पारेका छन् । विप्लव नेतृत्वको नेकपाले हतियारको राजनीति नछोडेसम्म एकता नहुने बताएका हुन् ।

उनले ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको आरोप पनि लगाए । सत्तारुढ दलभित्रको विवादले जुनसुकै बेला प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि उनको टिप्पणी छ । वैद्यले प्रचण्डसँग आफ्नो कुनै दुश्मनी नभएको भन्दै उनी प्रधानमन्त्री बनेमा बधाई दिन जाने बताएका छन् ।

Post Comment