विप्लवलाई नियन्त्रण गरेरै तह लगाउँछौं : गृहमन्त्री

विप्लवलाई नियन्त्रण गरेरै तह लगाउँछौं : गृहमन्त्री
राजनीति

गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई नियन्त्रण गर्ने सरकारले नीति लिएको प्रष्ट पारेका छन् ।

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार अहिलेसम्म विप्लवलाई नियन्त्रण गरेरै तह लगाउने रणनीतिमा लागेको बताए ।

गृहमन्त्रालयको मुख्य काम शान्ति सुरक्षा कायम गर्दै लोकतन्त्रको रक्षा गर्ने हो। हामी शान्ति सुरक्षा कायम गर्न मूलभूत रूपमा सफल भएका छौँ’,
गृहमन्त्री थापाले देशको स्थायित्व र स‌ंघीय गणतन्त्रको रक्षा गर्ने काममा विप्लवबाट चुनौती मिलेको पनि दाबी गरे।

देशको स्थायित्व र प्राप्त राजनीतिक उपलब्धी, संघीयता र गणतन्त्रको रक्षा गर्न अहिले विप्लवबाट चुनौती मिलेको छु’, उनले भने, यसलाई रक्षा गर्न अहिलेसम्म विप्लवहरूलाई नियन्त्रण गरेर मूलधारमा ल्याउनमा धेरै हदसम्म सफल भएका छौँ। यसलाई पूर्णता दिँदै राजनीतिक स्थायित्व ल्याउन हामी सक्षम छौँ। अहिलेसम्म विप्लवलाई नियन्त्रण गर्ने नीति लिएका छौँ ।’

गृहमन्त्री थापाले अहिलेसम्म५र६ सय भन्दा बढी विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिइसकेको जानकारी दिए। उनीहरुलाई हामीले कानुनी कठघरामा राखेका छौँ’, थापाले भने, तर पनि हामी अझै वार्ताबाट पनि समाधानको कोशिशमा छौँ। वार्तामा आउन आह्वान गरेका छौँ। अहिलेसम्म उनीहरू वार्तामा आउने निष्कर्षमा पुगेका छैनन्।’

Post Comment