विप्लव समूहद्धारा प्रहरीविरुद्ध पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी

विप्लव समूहद्धारा प्रहरीविरुद्ध पक्राउ पुर्जी, ‘इन्काउन्टर’ गर्ने चेतावनी
राजनीति

नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई इन्काउन्टरको चेतावनी दिएको छ ।
आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो ।

प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेको समयमा विप्लव समूहको कैलाली जनअदालतले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।

विप्लव समूहले विज्ञप्ति नै निकालेर कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।

Post Comment