नेपाली कांग्रेसका महामन्त्री शशांक कोईरालाले अब हुने चुनाबमा नेपाली कांग्रेसले राम्रो नतीजा लेराएर पहिलो पार्टी बन्ने बताएका छन् ।
उनले अब नेपाली कांग्रेसलाई एकताबद्ध बनाउदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा विजयी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
राजनीतिक दलले काम गर्न सकेनन् भनेर राजसंस्थानै ठिक भन्ने भनाई पनि सुनिन थालेको भन्दै उनले राज्यव्यवस्था नभई दल र तीनका नेतृत्वकर्ताले पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।