मधेश अलग हुने महन्थ ठाकुरको चेतावनी

मधेश अलग हुने महन्थ ठाकुरको चेतावनी
राजनीति

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा सांसद महन्थ ठाकुरले समयमै संविधान संशोधन नभए मधेस अलग हुने चेतावनी दिएका छन् ।

सानो पाइला नामक गैरसरकारी संस्थाले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले संविधानले मधेसी, उत्पीडितलगायतका समुदायलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको धारणा राखे । कार्यक्रमका अरु वक्ताहरुले वर्तमान संविधानको कडा आलोचना गरेका थिए ।

Post Comment