पूर्व प्रधानमन्त्री नेपालसँग अमेरिकी राजदूतको भेटवार्ता

पूर्व प्रधानमन्त्री नेपालसँग अमेरिकी राजदूतको भेटवार्ता
राजनीति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्यू बेरीले भेटवार्ता गरेकी छन् ।

पूर्व प्रधानमन्त्री तथा पार्टीका एवं विदेशविभाग प्रमुख नेपालको निजी निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिका सम्बन्धको इतिहास स्मरण गरिनुका साथै पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
उनीहरूबीच नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा २ देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

 

बिहीवारको भेटवार्ताले २ देशबीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने नेता नेपालको सचिवालयले जनाएको छ ।

Post Comment