संसदको वेवसाइटबाट महराको नाम हटाइयाे

संसदको वेवसाइटबाट महराको नाम हटाइयाे
राजनीति

संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराको नाम संसद सचिवालयले वेवसाइटबाट हटाएको छ ।

संघीय संसदको प्रतिनिधिको वेवसाइटबाट महराको नाम हटाइएको हो ।महराले राजीनामा दिएको बारे संसद सचिवालयका सचिव डा भरतराज गौतमले एक सूचना जारी गरेसँगै संसदको वेवसाइटबाट महराको नाम हटाइएको हो । साइटमा सम्माननीय सभामुख भन्ने कोठामा नाम र फोटो हटाइएको हो ।

त्यसभन्दा तल डा शिवमाया तुम्बाहम्फेको नाम माननीय उपसभामुख भनेर राखिएको छ ।

Post Comment