रेल,सडक र नाका खुलाउने कुरामा मात्रै चीनसँगको सम्बन्ध सीमित छैन: नेपाल

रेल,सडक र नाका खुलाउने कुरामा मात्रै चीनसँगको सम्बन्ध सीमित छैन: नेपाल
राजनीति

काठमाडौंपूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले रेल, सडक र नाका खुलाउने कुरामा मात्रै चीनसँगको सम्बन्ध सीमित नरहेको बताएका छन् उनले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको आर्थिक र सामाजिक प्रगतिमा पनि सहयोग सहयोग गर्ने बताए  

मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेकोचिनियाँ राष्ट्रिपतिको नेपाल भ्रमणः एक परिचर्चाविषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सीको भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिष्ठा बढाएको बताए चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट कोही पनि आत्तिनु पर्दैन यो भ्रमण देशहितमा छनेपालले भने, ‘भ्रमणले नेपालको अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिष्ठा बढाएको छ

सीको  भ्रमण ऐतिहासिक र उपलब्धिमूलक भएको उल्लेख गर्दै नेता नेपालले विश्व अर्थतन्त्रमा उदयमान चीन र भारतको बीचमा रहेको नेपालले दुबै देशलाई समदूरीको आधारमा लाभ लिन सक्नुपर्नेमा जोड दिए   अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न कुटनीतिक कौशलता आवश्यकता रहेको उल्लेख गर्दै नेता नेपालले त्यो कौशलता वर्तमान सरकारले देखाएको भन्दै प्रशंसासमेत गरे  

नीतिहरुको सवालमा देशले एउटै नीति अपनाउनुपर्नेमा जोड दिँदै नेता नेपालले राज्य सबैसँग मित्रभावका साथ अघि बढिनुपर्ने र सो अनुरुप सरकार तथा नेकपा सकारात्मक ढंगले अघि बढेको बताए   सीले लुम्बिनीलगायत विभिन्न क्षेत्रको चर्चा गरेपछि नेपाल अन्तर्राष्ट्रिय जगतमा चासोको विषय बढेको नेता नेपालले टिप्पणी   गरे  

यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सीको भ्रमणले मुलुकको आर्थिक तथा पूर्वाधार विकासको लागि साझेदारीको सम्भावना बढाएको टिप्पणी गरे भूपरिवेष्टित नेपाललाई भूजडित बनाउने सम्भावना खुल्यो’, यादवले भने, ‘चिनियाँ लगानी बढ्ने र पर्यटन क्षेत्रको विकास हुने सम्भावना पनि बढेको छ

यस्तै,पर्यटनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रपति सीको भ्रमणले पर्यटन क्षेत्रमा उत्साह जगाएको धारणा राखे नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति सी नेपाल आउनु नै ठूलो कुरा होउनले भने, ‘ भ्रमणबाट नेपालमा चिनियाँ पर्यटक बढ्ने समेत विश्वास लिएको छु

यस्तै नेकपा नेता घनश्याम भुसालले सीको भ्रमण फलदायी भएको भन्दै नेपाललाई भूपरिवेष्टिबाट भूजडित बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे   उनले सीको भ्रमण गराएर राम्रो काम गरेको भन्दै सरकारको तारिफ समेत गरे

Post Comment