युएस नेपाल न्युज, रुपन्देही । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका १० जना कार्यकर्ता बुटवलमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई पक्राउ गरेको जानकारी दिएको छ।
पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन्।