अख्तियार प्रमुखमा गृहका पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने तयारी

अख्तियार प्रमुखमा गृहका पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने तयारी
राजनीति

युएस नेपाल न्युज । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा गृहमन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने तयारी गरेको छ।

अख्तियार प्रमुख नवीन घिमिरेको समयअवधि सकिनै लाग्दा सरकारले नयाँ प्रमुखको विषयमा यस्तो तयारी गरेको स्रोतको दावि छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच भएको छलफलबाट प्रमुखमा राई र अन्य दुई आयुक्तको नाम समेत टुंगो लागि सकेको स्रोतले जानकारी दिएको छ ।

पूर्व सचिव राइर्लले गत माघमा मात्र गृह मन्त्रालयबाट अवकाश पाएका थिए । राई प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् ।

त्यस्तै, रिक्त आयुक्तहरुमा दीलिप रेग्मी र गजेन्द्र ठकुरीको नाम पक्का भएको स्रोतको भनाई छ

Post Comment