युएस नेपाल न्युज । जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ ।
प्रशासनले सूचना निकालेर कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो ।
जिल्लामा केही सहकारी कार्यालयले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य सङ्घसंस्थाले बैठक तथा भेला गरेको सूचना पाएको भन्दै प्रशासनले यस्ता कार्यक्रममा कोरोनाको जोखिम उच्च हुने भएकाले भेला र बैठक नगर्न निर्देशन दिएको हो ।
निर्देशनको अवज्ञा गरी भेला र बैठक गरेको पाइए, सङ्क्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ । चितवनका सातवटै पालिका, जिल्ला सहकारी सङ्घ, शिक्षा विकास तथा समन्वय इकाई र विभिन्न सङ्घसंस्थालाई प्रशासनले सूचना पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध पनि गरेको छ ।