नेपालको सन्देश बोकेर भारतीय राजदूत दिल्लीमा, नेपाल र भारतबीच वार्ताको वातावरण बन्ने संकेत

नेपालको सन्देश बोकेर भारतीय राजदूत दिल्लीमा, नेपाल र भारतबीच वार्ताको वातावरण बन्ने संकेत
राजनीति

नेपाल र भारतका प्रधानमन्त्री बीच टेलिफोन वार्ता भएपछि पछिल्लो समय दुई देशबीच चिसिएको सम्बन्धमा केही सुधारको संकेत देखिएको छ । सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा चिसोपना भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवादका साथै अन्य च्यानबाट समेत संवादहरु बाक्लिएसँगै दुई देशबीचको सम्बन्धमा सुधारको संकेत देखिएको हो । यहाँसम्म कि नेपालको सन्देश लिएर नेपालका लागि भारतीय राजदूत विनय क्वात्रा केही दिनदेखि दिल्लीमा छन् । 

Post Comment