काठ्माण्डौमा फेरी एक हप्ता थपियो निशेधाज्ञा

काठ्माण्डौमा फेरी एक हप्ता थपियो निशेधाज्ञा
राजनीति

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा एक हप्ताका लागि लम्बिएको छ ।

बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवाला बीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिलेसम्मको नतिजा हेर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएकाले अर्को एक हप्ता थप कडाइ गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने बस्नेतले बताउनुभयो ।

उपत्यकामा गएको ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पुर्‍याइएकाे थियाे।

Post Comment