नेकपा र राप्रपा छाडेर दर्जनौं नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश

नेकपा र राप्रपा छाडेर दर्जनौं नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश
राजनीति

सिन्धुपाल्चोक, बाह्रबिसे । बुधबार बाह्रविसे नगरपालिका–२, कर्थलीमा नेकपा र राप्रपा छाडेर दर्जनौं नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाह्रबिसे–२ को ईकाइ समितिको आयोजनामा तत्कालीन माओवादीको तर्फवाट वडा उम्मेदवार महिला नेतृ सरला भण्डारी, राप्रपाका नेता धनसिंह तामाङ , पुर्व माओवादी लडाकु चौतारे तामाङ र नेकपाका निलबिक्रम भण्डारी लगायतका ५० भन्दा बढी युवाहरू नेपाली काँग्रेस प्रवेश गरेका हुन ।

Post Comment