मोदीको जन्म दिनमा ओलीले दिए यस्तो शुभकामना

मोदीको जन्म दिनमा ओलीले दिए यस्तो शुभकामना
राजनीति
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

ट्विटरमार्फत ७० औं जन्मदिनको शुभकामना दिदै ओलीले दुई देशको सम्बन्धलाई बलियो बनाउन दुबै जनाले निकट भएर काम गर्ने उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्– ‘प्रधानमन्त्री नरेन्द्र मोदी जीलाई तपाईको जन्मदिनको शुभ अवसरमा हार्दिक अभिवादन। म तपाईलाई राम्रो स्वास्थ्य र खुशीको कामना गर्छु। हामी दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न सँगै मिलेर काम गर्ने छौं।’

मोदीको जन्म सन् १९५० सेप्टेम्बर १७ मा भएको हो। उनी ७० वर्ष पुरा भएका छन् ।

Post Comment