आजको राशिफल २०७६ साउन २८ गते

आजको राशिफल २०७६ साउन २८ गते
आजको राशिफल

वि.सं. २०७६ श्रावण २८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अगस्ट १३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन अनि कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण शुक्लपक्ष (गुँलाथ्व) त्रयोदशी तिथि, दिउँसो ०१:४३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराषाढा नक्षत्र, (अहोरात्र व्याप्त), चन्द्रमा धनु राशिमा, दिउँसो १०:३९ बजेसम्म, त्यसपछि मकर राशिमा, प्रीति योग, दिउँसो १२:५१ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा तैतिल करण दिउँसो ०१:४३ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०२:१८ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:३२ बजे, सूर्यास्त : साँझ ०६:४३ बजे, दिनमान : ३२ घडी ५७ पला (१३ घण्टा ११ मिनेट, रात्रीमान : २७ घडी ०३ पला (१० घण्टा ४९ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । कर्मचारीले हाकिम र छात्रछात्राले गुरुजनको सामीप्यता पाउने समय छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ, तर दिन ढल्दै जाँदा कर्मप्रति समर्पित भई खट्ने अनुकूलता मिल्नेछ । आज बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, अब कामधन्दा र लक्ष्यप्रति सजग हुने वेला हो, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । खटेजति सफलता पाइने योग छ, जिम्मेबारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।

शुभरङ्ग : कालो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : कलेजी

अशुभ अङ्क : ५

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास

के नगर्ने : अल्छीपन र अकर्मण्यता

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर आज दिउँसोबाट चन्द्रमाले भाग्यभावमा प्रवेश गर्दैछ । त्यसैले अब उद्देश्य, लक्ष्य र कर्मप्रति निष्ठा राखी अघि बढ्दा सफलता आर्जन गर्न सकिने समय आएको छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । साँझमा परिवारमा रमाइलो जमघट हुनेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छ । बिहानीपख चन्द्रमाको प्रतिकूलता हुने भएकाले आज जे गरे पनि अपराह्नको समय राम्रो हुनेछ ।

शुभरङ्ग : गाढा पहेंलो वा केशरी

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : धर्मराज

अशुभ रङ्ग : चम्किलो/उज्यालो

अशुभ अङ्क : ४

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम

के नगर्ने : अपमान

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर दिन ढल्नासाथ अष्टम भावमा चन्द्रमाको प्रवेश हुने हुँदा त्यसपछि गरेका कामधन्दामा ढिलो गरी सफलता पाउने दिन छ । आजको दिन साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । साँझपख मनमा डर र त्रासको निवास हुनेछ, के गर्ने के नगर्ने भन्ने बेचैनी हुनसक्छ । स्वास्थ्यमा समेत सामान्य कमजोरी भएको अनुभूति हुनेछ । मन भावना र कल्पनामा रुमल्लिन सक्छ । किशोरकिशोरीमा चिडचिडेपन र झर्कोफर्को बढ्ने समय हो, संयम र धैर्य हुनु जाति हुन्छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ८

शुभदिशा : उत्तर

इष्टदेवता : भगवान् महादेव

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ३

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण

के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
रामरमाइलो र कामधाममा सफलता पाउने दिन छ । आज दिउँसोसम्म छैंठौं भावमा रहेको चन्द्रमा सकारात्मक रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । छात्रछात्रा कुनै परिणामको पर्खाइमा हुनुहुन्छ भने खुसीको खबर प्राप्त हुने सम्भावना देखिन्छ ।

शुभरङ्ग : हलुका रातो

शुभअङ्क : ७

शुभदिशा : पश्चिम

इष्टदेवता : राधाकृष्ण

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : २

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने

के नगर्ने : कामुकता

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आज दिउँसो छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि तपाईं अघि सरेर अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि मन बिथोलिने दिन हो, निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । मनमा कुनै दुविधा भएमा आमा वा घरकी बुजुर्ग महिलाको विचारको अनुसरण गरेको राम्रो हुन्छ ।

शुभरङ्ग : सेतो वा घुर्मैलो

शुभअङ्क : ६

शुभदिशा : दक्षिण

इष्टदेवता : विष्णु भगवान्

अशुभ रङ्ग : सुन्तले/गुलाबी

अशुभ अङ्क : १

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने

के नगर्ने : मुद्दामामिला र झैझगडा

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । आज पाँचौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, खासगरी ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्नेहरूले लाभ र श्रेय पाउने समय हो । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने दिन देखिंदैन ।

शुभरङ्ग : आकासे

शुभअङ्क : ९

शुभदिशा : पूर्व

इष्टदेवता : सरस्वती माता

अशुभ रङ्ग : कालो

अशुभ अङ्क : ३

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः

न्यूनतम जापसङ्ख्या : ०७

के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने

के नगर्ने : अहङ्कार

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिनुपर्ने दिन छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारबाट सामान्यतया लाभ नै लिन सकिने समय छ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरपरिवारभित्रका कुनै पुराना समस्या हल गर्ने परिस्थिति बन्नेछ । तपाईं परदेशमा हुनुहुन्छ भने आमा वा घरको सम्झनामा रुमल्लिन बेर लगाउनु हुन्न । आन्तरिक सम्पत्तिको व्यवस्थापनका लागि समय दिनुपर्ने हुनसक्छ ।

शुभरङ्ग : कलेजी

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : अष्टमातृका

अशुभ रङ्ग : गाढा नीलो

अशुभ अङ्क : २

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने

के नगर्ने : लोभ र मोह

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धनस्थानमा रहेको चन्द्रमा पराक्रम स्थानमा प्रवेश गर्ने उत्तम समयको आगमन भएको छ । आज धार्मिक र सामाजिक काममा वा नातागोताको सरसहयोगमा समय बित्ने सम्भावना देखिंदैछ । बन्द व्यापार र कृषिक्षेत्रमा मध्यमफल प्राप्त हुनेछ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, तर व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । आहारविहार र खानपानको समय बदलिन सक्छ । बोलीमा खासै प्रभाव नरहने दिन भएकाले मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला, तपाईंको भावनाको कदर नहुनसक्छ । मनमा वैराग्यको भावना पलाउन सक्छ र आध्यात्मिक र दार्शनिक भावनाको विकास हुनेछ ।

शुभरङ्ग : हरियो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : गणेश

अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे

अशुभ अङ्क : १

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः

न्यूनतम जापसङ्ख्या : ०८

के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने

के नगर्ने : दुःखीको अपमान

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमाले धनस्थानको यात्रा प्रारम्भ गर्ने दिन भएकाले तपाईंले अहिले हौसिइहाल्ने समय आएको छैन । नयाँ काममा हात हाल्नु बलियो समय छैन । आर्थिक तनावको समय भए पनि बेफाइदा नै हुने दिन छैन, प्रयास गरेमा कुनै न कुनै क्षेत्रबाट धेरथोर आम्दानी बढाउन सकिने समय छ, तर सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आज गरेको लेनदेनको कारोबार त्यति उपयुक्त हुने छैन, त्यसैले जे गरे पनि छिट्टै प्रतिफल आउने क्षेत्रमा लगानी गर्नु राम्रो हुनेछ । नयाँ मित्रले धोका दिन सक्छ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ ।

शुभरङ्ग : सेतो

शुभअङ्क : २

शुभदिशा : दक्षिण

इष्टदेवता : लक्ष्मी माता

अशुभ रङ्ग : पहेंलो

अशुभ अङ्क : ९

अशुभ दिशा : पूर्व

कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः

न्यूनतम जापसङ्ख्या : ११

के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने

के नगर्ने : फजुल खर्च

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दिनको सुरुवातमा बाह्रौं भावमा चन्द्रमाको उपस्थिति भए पनि शुभ परिणाम नै प्राप्त हुने दिन छ, दिउँसो तपाईंको आफ्नै घरमा चन्द्रमा आइपुग्छ, त्यसैले कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने मध्याह्नपछि मात्र राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्ने समय छ । बन्दव्यापारमा देखिएको मन्दी आजबाट क्रमशः हट्दै जाने वातावरण बन्नेछ ।

शुभरङ्ग : गुलाबी

शुभअङ्क : १

शुभदिशा : पूर्व

इष्टदेवता : हनुमान्

अशुभ रङ्ग : हरियो

अशुभ अङ्क : ८

अशुभ दिशा : उत्तर

कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः

न्यूनतम जापसङ्ख्या : १०

के गर्ने : नैराश्यभाव त्याग गर्ने

के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । अभिभावक वा ठूलाबडासँग बेकारका कुरामा बहस गर्नुपर्ने हुनसक्छ । तर दूरदराजको क्षेत्र वा विदेशबाट शुभ समाचार प्राप्त हुनेछन् ।

शुभरङ्ग : बैजनी वा पहेंलो

शुभअङ्क : ४

शुभदिशा : उत्तर

इष्टदेवता : कुल/पितृदेवता

अशुभ रङ्ग : हरियो/चम्किलो

अशुभ अङ्क : ७

अशुभ दिशा : पश्चिम

कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः

न्यूनतम जापसङ्ख्या : १९

के गर्ने : खर्र्चमा नियन्त्रण

के नगर्ने : विलम्ब र ढिलासुस्ती

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कामधन्दा र मिहिनेतबाट सामान्यतया लाभ हुने नै समय रहेको छ । कर्मक्षेत्रमा रहेको चन्द्रमाको आज लाभस्थानमा प्रवशे हुने भएकाले उद्योगधन्दा, बन्दव्यापार वा रोजगारीको क्षेत्रबाट कुनै शुभ संकेत प्राप्त हुने सम्भावना देखिंदैछ । कुनै नयाँ काम गर्ने मनसायमा हुनुहुन्छ भने चियोचर्चो गर्ने, कुरा काट्ने र खुट्टा तान्नेको गतिविधिमाथि निगरानी गर्नु होला, नत्र हुनै लागेको काममा विघ्न उपस्थित हुनसक्छ । यद्यपि इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । आफ्नो साख रहने समय छ । ठूलाबडाले सहयोग गरेमा राज्यपक्ष र प्रशासनिक काममा सफलता पाउन सकिन्छ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।

शुभरङ्ग : नीलो

शुभअङ्क : ३

शुभदिशा : पश्चिम

इष्टदेवता : शिवजी

अशुभ रङ्ग : घिउरङ्ग/क्रिम

अशुभ अङ्क : ६

अशुभ दिशा : दक्षिण

कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः

न्यूनतम जापसङ्ख्या : २३

के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी

के नगर्ने : अनुशासन भङ्ग

Post Comment